Logo

सप्तरीमा भोली आइतबार बाट सवारी साधनमा जोर – विजोर प्रणाली लागु हुने

                     
Logo १८ बैशाख २०७८, शनिबार १८:५१    

अम्विका दहाल

राजविराज ।

सप्तरी जिल्लामा भोली अर्थात वैशाख १९ गते आइतबार बाट सवारी साधनमा जोर – विजोर प्रणाली लागु हुने भएको छ ।

शनिबार संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको बताए । बढ्दो कोभिड–१९ संक्रमणमा पनि बजारमा भीडभाड हुने गरेकाले सप्तरीमा सवारी साधन सञ्चालनमा जोर–विजोर प्रणाली लागु गर्ने निर्णय गरिएको सूचना उल्लेख गरिएको छ ।

सुचारुमा अनुसार अत्यावश्यक सेवा बाहेकका बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकलसहित सबै सवारी साधनमा जोर–विजोर प्रणाली लागु हुनेछ ।

सेवा प्रवाह गर्दा भीडभाड नहुने भुमि सुधार तथा मालपोत, नापी लगायतका कार्यालयले व्यवस्था मिलाउने, बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री गर्ने खाद्यान्न, लत्ताकपडा तथा तरकारी विक्री वितरणमा रोक लगाउने निर्णय समेत भएको प्रजिअ पोखरेलले जनाएका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?