कन्चनरुप ।


सप्तरी प्रहरीले मास्क विना सार्वजनिक स्थलमा देखिएका ८ सयभन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले मास्क प्रयोग नगरी सार्वजनिक स्थलमा देखिएका व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्न थालेको जनाइएको छ । सदरमुकाम राजविराजसहित जिल्लाका विभिन्न स्थानका सार्वजनिक स्थलहरुमा मास्क विना देखिएका व्यक्तिहरुलाई १ सय रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।

८सय ५० जना कारबाहीमा परेको र जरिवाना वापत शनिबार सम्म ८५ हजार रुपैयाँ राजश्व संकलन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।












