नेपालमा गत २४ घन्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभरका प्रयोगशालामा १४ हजार ४०३ जनाको पिसिआर र ५६६ जनाको एन्टिजेन परिक्षण गर्दा क्रमस ५ हजार ७०६ र ५७ जना गरी कूल ५ हजार ७६३ जनामा भाइरसको संक्रमण देखिएको छ ।












