महेन्द्र सदा


पातो
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका पातो बजारमा स्थानिय हाटबजारमा कोभिड -१९दोश्रो चरणको प्रकोपबाट बच्न प्रहरीद्वारा कडा निगरानी गरेको छ ।

यस क्षेत्रमा कोरोना कोभिड -१९दोश्रो चरणको प्रकोप खतरनार्क भएकोले त्यसबाट बच्न जनमानसमा सावधानी अपनाउन, सर्तक सहन माक्स एवं भौतिक दुरी कायम राख्न अति अवश्यक वाहेक घर बाहिर ननिस्कन भनदै कडा निगरानी गरिएको छ ।
पातोबजारमा माक्स नलगाउने एक सयका दरले जनहि जरिवाना गर्दै हाट बजार नलगाउन तथा स्थानिय चौक गल्लिहरुमा भिडभाड नगर्न आग्रह गरेको छ । आफु पनि बचौ र अरुलाई पनि बचौं भन्दै सचेत गराउदै नियमको पालना नगरेमा कोभिड–१९ को संक्रमण रोकथाम तथा संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने जनाइएको छ ।
पालिकाले हेल्थ डेक्स स्थापना गरेर कडाई गरे तपनि को भए पनि नेपाल भारत सिमा खुल्ला कारण आवत जावत रोकिएको छैन ।












