Logo

२४ घण्टामा ७४८८ जनामा कोरोना पुष्टि,५९५ बालबालिकामा सङ्क्रमीत , ३७ जनाले ज्यान गुमाएका

                     
Logo २० बैशाख २०७८, सोमबार १८:३३    

कञ्चनरुप ।

स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ हजार ६५८ जनाको पिसिआर र ५१८ जनाको एन्टिजेन परिक्षण गर्दा क्रमस ७ हजार ३८८ र ६० गरी कूल ७ हजार ४४८ जनामा संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार वितेको २४ घन्टामा ५९५ बालबालिकामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।आज भेटिएका ७ हजार ४सय ४८ संक्रमितमध्ये ९ वर्षभन्दा कम उमेरका १५६ बालबालिकाहरु छन् भने १० देखि १९ वर्ष उमेर समूहका ४३९ बालबालिकाहरु छन् । वितेको २४ घन्टामा ३७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६२ पुगेकको छ ।

सङ्क्रमणलाई उमेरगत रुपमा हेर्दा सबैभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूह छ । उक्त समूहको १ हजार ८७१ संक्रमित हुँदा २० देखि २९ वर्ष उमेर समूहका १ हजार ६८८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसहित कूल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ भने २ लाख ८३ हजार १५ जना निको भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?