कञ्चनरुप।


सप्तरीमा (कोभिड)१९) कोरोनाको उपचारमा रहेका दुई जना विरामारीको आज उपचारकै क्रममा मृत्यु भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारमा रहेका सप्तकोशी नगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक र हनुमाननगर कंकालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मातहतमा रहेको कोभिड–१९ अस्पतालमा उपचारमा रहेका शिक्ष ज्वरो आएर स्वास फेर्न समस्या भएपछि उनलाई बैशाख ८ गते अस्पताल भर्ना गरिएको थियो । एक सातादेखि उनलाई आइसियुमा राखेर उपचार हुँदै आएकोमा विहान उनको मृत्यु भएको सोही विद्यालयमा कार्यरत शिक्षक महेश मास्केले जानकारी दिए ।
यता हनुमाननगर कंकालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुष वैशाख १७ गते विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना थियो ।उनको पनि बिहान पौने ६ बजे मृत्यु भएको छ ।
यसअघि शनिबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत राजविराज नगरपालिका–९ का ४५ वर्षीय र बिहीबार धरानस्थित प्रतिष्ठानमा उपचाररत अग्नीसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ र्षीय संक्रमित युवकको मृत्यु भएको थियो। योसँगै सप्तरीमा ४५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।












