स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार अपरान्ह सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर ५५ जनाले ज्यान गुमाइसकेका छन् ।


आज देशभरका प्रयोगशालामा १६ हजार १३१ जनाको पिसिआर परिक्षण गर्दा भेटिएका ७ हजार ५८७ सङ्क्रमितमध्ये ९ वर्षभन्दा मुनिका बालबालिकाको सङ्ख्या १७४ छ भने १० देखि १९ वर्ष उमेर समूहका बालबालिकाको संख्या ४५२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार अपरान्ह सार्वजनिक गरेको तथ्याङ्क अनुसार ७ हजार ५८७ र ५७१ जनाको एन्टिजेन परीक्षणमा ७३ गरी कूल ७ हजार ६६० जनामा सङ्क्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएयताको यो सर्वाधिक संख्या हो । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।
यो सहित नेपालमा कूल सङ्क्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने सक्रिय सङ्क्रमितको संख्या ५९ हजार ७९८ पुगेको मन्त्रालयले जनाएको छ ।












