Logo

कर्मचारीमा संक्रमण पुष्टि ,राजविराज नगरपालिकाको सम्पूर्ण काम कारवाही बन्द

                     
Logo २१ बैशाख २०७८, मंगलवार १८:४९    

अम्विका दहाल

राजविराज ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि राजविराज नगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण काम कारवाही बन्द गरिएको छ ।

कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको नगर प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिए ।

नगरपालिका कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै राजविराज पोलिटेक्निक इन्सटिच्यूटमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको र उनीसँग नगरपालिकाका कर्मचारी पनि कन्ट्याक्ट ट्रेसिङमा परेको जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?