महेन्द्र सदा


पातो ।
कोरोना भाईरस (कोभिड १९) को दोश्रो लहरको प्रकोपबाट बच्न शस्त्र प्रहरी बल (बिओपि) र ईलाका प्रहरी कार्यालय पातोको सहकार्यमा डाक्नेश्वरी नगरपालिका भित्र लाग्ने हाटबजारमा भिडभाड नगर्न भौतिक दुरी कायम राख्न कडा निगरानी गरेको छ ।

स्थानिय तह र सुरक्षा निकायको सहकार्यमा जन समुदायलाई कोरोनाको खतराबाट जोगिन माइङ्गि, सवारी चेक जाँच जोर विजोर प्रणली उलङ्घन गर्ने दजैनौ सवारी साधान नियत्रणमा लिएको सुरक्षा निकायले जानकारी गराएको छ ।
खुल्ला सिमानामा भएकोले बैशाख ११ गतेबाट डाक्नेश्वरी नगरपालिका वडा नं. ६ को ( बिओपी )मा संचालीत हेल्थ डेक्समा भारतबाट नेपाल प्रवेश गर्ने ८४ जनाको स्वास्थ्य परिक्षण गरेको जनाइएको छ ।













