Logo

सप्तरीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि

                     
Logo २२ बैशाख २०७८, बुधबार १७:४१    

अम्विका दहाल

राजविराज, २२ वैशाख ।

सप्तरीमा ५७ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनाको भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज (बुधवार) गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ५७ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रन्जितकुमार झाले जानकारी दिए ।

संक्रमितमध्ये राजविराज वडा नम्वर–२ की ६४ वर्षीया महिला, ३ का १६ र २५ वर्षीय पुरुष तथा ६८ र २४ वर्षीया महिला, ४ का ३१ वर्षीय पुरुष, ७ की ५२ वर्षीया महिला तथा ६२ र ४८ वर्षीय पुरुष, ८ का २७ वर्षीय पुरुष, ६ की ५५ र ७४ वर्षीया महिला, ५ का ४०, ४२ र ५२ वर्षीय पुरुष तथा १६ का ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मे. सु. डा. झाले बताए ।

झाका आनुसार सुरुङ्गा नगरपालिका–१ का ८ र ३४ वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–१२ का २२ र ३८ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका–१ की ३२ वर्षीया महिला, ३ की ४४ वर्षीया महिला, ४ का ४५ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका–३ का ७५ वर्षीय पुरुष, ५ की ३४ वर्षीया महिला र ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राजगढ गाउँपालिका–५ की ५० वर्षीया महिला, डाकनेश्वरी नगरपालिका–६ का ७१ वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, अग्निसाइर कृष्णासवरण गाउँपालिका–३ का ४८ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–६ का ५५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–१ का १८ वर्षीय पुरुष, ५ का २० वर्षीय पुरुष र कञ्चनरुप नगरपालिका–७ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको झाले बताए । सप्तरीमा सक्रिय संक्रमितको संख्या २२७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?