Logo

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु ,८ हजार६ सय ५९ जनामा संक्रमण

                     
Logo २२ बैशाख २०७८, बुधबार १६:४५    

काठमाडौं।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ भने ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएयता एकैदिन निधन हुने आजको सर्वाधिक हो । यसअघि मङ्गलबार ५५ जनाको निधन भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?