Logo

लायन्स क्लब अफ लहान सिटिको वार्षिक साधारणसभा सम्पन्न

                     
Logo २३ बैशाख २०७८, बिहीबार १६:३६    

अम्विका दहाल

लहान ।

लायन्स क्लब अफ लहान सिटिले क्लबका अध्यक्ष सुदिप कुमार चौधरीको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

जिल्ला उध्योग वाणिज्य संघ लहान, सिराहा अध्यक्ष अशोकलाल अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिमा एरिया कोअर्डिनेटर चक्रपाणी दाहाल, एडिसनल क्याबिनेट ट्रेजरर धरणिधर अधिकारी, जोन चेयरपर्सन रियासत लिमि, काउन्सलरद्वय पाण्डव हमाल तथा शिवशंकर महतो रहनु भएको थियो। कार्यक्रममा सम्पुर्ण पुर्व अध्यक्ष सहित सबै सदस्यहरुको उपस्तिथि रहेको थियो । साधारणसभाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन, अध्यक्षद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन पारित गर्दै वर्ष द्दण्द्दज्ञ–द्दद्द का लागि नयाँ कार्यसमिति को समेत निर्वाचन गरेको छ । निर्वाचित हुनुहुने सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि अशोकलाल अमात्यले नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनु भयो ।

त्यस्तै आफ्नो पदिय जिम्मेवारीलाई सम्मान गर्दै सामाजिक सेवाको भावनाले ओतप्रोत रहनु र अविछिन्न र अविचलित रुपमा कृयाशिल हुदै सामुहिक सक्रियताबाट क्लबले लायनवादको क्षेत्रमा ऐतिहासिक उचाई हासिल गर्न सकोस भन्ने कुरा राख्दै एरिया कोअर्डिनेटर चक्रपाणी दाहालले सफल कार्यकालको शुभकामना दिनु भयो ।

नवगठित कार्यसमितिमा अध्यक्षः ला. सन्जयराज शर्मा नि. अध्यक्षः ला. सुदीप कुमार चौधरी प्रथम उपाध्यक्षः ला. जय प्रकाश चौधरी द्वितीय उपाध्यक्षः ला. किशन रौनियार तृतीय उपाध्यक्षः ला. उमेश साह सचिवः ला. उज्ज्वल साह कोषाध्यक्षः ला. ललित कुमार महतो सह–सचिवः ला. शंकर प्रसाद गुप्ता सदस्यता संयोजकः ला. रियाशत लिमि LCIF/NLF संयोजकः ला. प्रशान्त चौधरी सेवा संयोजकः ला. फुलेश्वर महतो संचार संयोजकः डा. सुभाष बाबू साह डाइरेक्टरः ला. डा. विनय यादव, ला. माधव पोद्दार, ला. निर्मल भुर्तेल सल्लाहकारः ला. अशोक अग्रवाल, ला. अशोक अमात्य, ला. शिवशंकर महतो, ला. पान्डव हमाल, ला. विकास सारडा, ला. रामाशिष महतो कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष सुदीप कुमार चौधरीले राख्नु भएको थियो भने धन्यवाद ज्ञापन मन्तव्य सन्जयराज शर्माले राख्नु भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?