Logo

उदयपुरमा निषेधाज्ञा कडा : शुक्रबार रातिबाट जिल्लाभर निषेधाज्ञा

                     
Logo २३ बैशाख २०७८, बिहीबार १६:५७    

उदयपुर जिल्ला प्रशासनले वैशाख २४ गते राति १२ बजेबाट जिल्लाभरमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबारको बैठकले निषेधाज्ञा कडा पार्दै लैजाने निर्णय गरेको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइका अनुसार सङ्क्रमण समुदायमै फैलिएपछि २४ गते शुक्रबार राति १२ बजेदेखि ३१ गते राति ८ बजेसम्म सबै प्रकारका सवारी साधनलाई पूर्णरुपले रोक लगाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

यसअघि सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै दुई पांग्रे सवारीसाधन मोटरसाइकलमा एक जनासम्म सवारी गर्न पाउने भनिएको थियो । तर आजको बैठकले त्यो सँगै सबै सवारीसाधनमा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी अत्यावश्यक कामबाहेक सर्वसाधणलाई जिल्ला बाहिर आउजाउमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सेढाइले केटिएम दैनिकलाई बताए ।ktm


लोकप्रिय छुटाउनुभयो कि ?