Logo

सप्तरीमा ३७ जनामा संक्रमण पुष्टि : सक्रिय संक्रमितको संख्या २६४ पुगे

                     
Logo २३ बैशाख २०७८, बिहीबार १७:४१    

कञ्चनरुप ।

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालामा ६१ जनाको पिसिआर परिक्षण ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाले जानकारी दिए ।

राजविराज नगरपालिकाका ७ महिला सहित १९ जना, वडा नम्वर २ का २४ वर्षीय पुरुष र ४४ वर्षीया महिला, ३ की २५ वर्षीया महिला, ४ का २९ वर्षीय पुरुष, ६ का ४७, ५१ , ५५ वर्षीय पुरुष , ७२ वर्षीया महिलामा वडा नम्वर ७ का ५९ वर्षीय पुरुष र ४० वर्षीया महिला, ८ का २५र २६ वर्षीय पुरुष, ९ का १७ वर्षीय पुरुष र ४० वर्षीया महिला, १० की ४६ वर्षीया महिला, १२ का २४ र २९ वर्षीय पुरुष, १३ की ६० वर्षीया महिला र १६ का ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको सूचना अधिकारी झाले बताए ।

यसैगरी सुरुङ्गा नगरपालिका १ का ४० ,४८ वर्षीय पुरुष ,८० वर्षीया महिला, बोदे बरसाइन नगरपालिका ३ का ३६ वर्षीय पुरुष, खडक नगरपालिका ३ की ३० वर्षीया महिला, शम्भुनाथ नगरपालिका( ८ का २९ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका ५ का २३ र ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ३ का ६३ वर्षीय पुरुष, ४ की २९ वर्षीया महिला, राजगढ ९बेल्ही चपेना गाउँपालिका ५ का ५५ वर्षीय पुरुष, ६ की २२ वर्षीया महिला, ८ का ६० वर्षीय पुरुष, महादेव गाउँपालिका ५का २७ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका ४ का ३५, ५२ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका ७ का ४६ वर्षीय पुरुष र रुपनी गाउँपालिका १ की ५५ वर्षीया महिला संक्रमण देखिएको सूचना अधिकारी झाले बताए । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २६४ पुगेको छ । यस मध्ये एक जना सिरहाको भगवानपुर २ का ५० वर्षीय पुरुष रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?