Logo

कोरोनाबाट आज ५४ जनाको मृत्यु, ९ हजार ७० संक्रमित थपिए

                     
Logo २३ बैशाख २०७८, बिहीबार १८:००    

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको भने ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने मृतकको संख्या ३ हजार ५२९ पुगेको छ । २४ घण्टामा मुलुकभर २१ हजार १४२ वटा नमूनाको परीक्षण गरिको थियो । आज २ हजार ७०७ जना निको भएका छन् ।

यस्तै प्रदेश २ को बारा, महोत्तरी र रौतहट, बागमती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली र धादिङ, गण्डकी प्रदेशको गोरखा, तनहुँ र नवलपरासी ९पूर्व० र लुम्बिनी प्रदेशको नवलपरासी –पश्चिम०, गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन् । सुदुरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा, बैतडी र बैतडीमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?