Logo

कञ्चनरुपमा १७ जनामा कोरोना संक्रमण पुष्टि , एक को मृत्यु, ८ नम्बर वडा सबै भन्दा बढी

                     
Logo २४ बैशाख २०७८, शुक्रबार १६:२४    

वाई के रौनियार

कञ्चनरुप ।

सप्तरीको कञ्चनरुपमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भए सगै सक्रिय कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । जसमा एक बालक समेत रहेका छन ।

संक्रमित हुनेमा कञ्चनरुपको वडा नम्बर ८ का १९, १९, ४०, ५८, १७, १९, ७५, १५ र ५८ वर्षका पुरुषहरु तथा ४०, ३१, ६४ र १७ वर्षमा महिलाहरु रहेकाछन ।

यस्तै वडा नम्बर १२ का ३३ र ५० वर्षीय पुरुष, वडा नम्बर २ का ९ वर्षीय बालक तथा ५० वर्षीय महिला , मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा कञ्चनरुपले कञ्चन२४लाई बताएको छ ।स्वास्थ्य शाखाका अनुसार ४३ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् भने २ जना विराटनगरमा उपचाररत छन् , १ जना राजविाराजमा उपचाररत रहेको छन् ।

दिपायल स्थित रेडियोमा कार्यरत कञ्चनरुपका ८ निवासी ३२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी २२ गते अस्पतालमा भर्ना भएका थिए । थप उपचारकालागी अन्यत्र लैजाने क्रममा शुक्रबार बिहान बाटोमा एम्बुलेन्स मै मृत्यु भएको जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?