Logo

आज ३ हजार ३ सय ७० कोरोना संक्रमित निको, ८ हजार ४ सय १८ नयाँ थपिए, ५३ को मृत्यु

                     
Logo २५ बैशाख २०७८, शनिबार १९:३५    

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट ३,३७० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

यस्तै सो अवधिमा थप ८,४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै यस अवधिमा ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८ जना संक्रमित पुष्टि भएका हुन् । १७ हजार ३१५ जनाको पिसिआर परीक्षणमा ८, २८७ जनामा पोजिटिभ र ९८९ जनाको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन् । हाल ३९८ जना संक्रमित क्वारेन्टाइनमा छन् । यसअघि शुक्रबार नेपालमा ९,१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?