Logo

सप्तरीमा थप ३३ मा संक्रमण पुष्टि,सक्रिय संक्रमितको सङ्ख्या ३ सय ४४

                     
Logo २५ बैशाख २०७८, शनिबार १९:२२    

अम्विका दहाल

राजविराज ।

सप्तरीमा आज (शनिवार ) थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट आएको रिपोर्टमा सप्तरीका ३३ जनामा संक्रमण पुष्टि भए मध्ये ७ जना बालबालिका रहेको अस्पतालका सूचना अधिकारी सुर्य कान्त झाले बताए ।

सूचाना अधिकृत झा अनुसार राजविराज नगरपालिका वडा नम्वर–१ की ४० वर्षीया महिला, ३ का ३, ६, २९ र ५५ वर्षीय पुरुष तथा २३, ११ र ०० वर्षीया महिला, ५ का ४५ वर्षीय पुरुष, ७ का ३७ वर्षीय पुरुष र वडा नम्वर ८ का ६५ वर्षीय पुरुषमा , हनुमाननगर कंकालिनीमा १ का २८ वर्षीय पुरुष, ३ का ९, ५० वर्षीय पुरुष र ३४ र ३५ वर्षीया महिला, ८ की १२, २२, ३६ र ४० वर्षीया महिला तथा १५ ४० र ६५ वर्षीय पुरुष, शम्भुनाथमा –२ का ० वर्षीय पुरुष र ४८ वर्षीया महिला, रुपनी –६ का ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी अग्रीसाइर कृष्णासवरण –३ का २६ वर्षीय पुरुष, ६ का ३ वर्षीय पुरुष, खडकमा –५ का र वर्षीय पुरुष, १० का ५६ वर्षीय पुरुष , तिलाठी कोइलाडीमा –१ का २३ वर्षीय पुरुष र तिरहुत –४ का उमेर नखुलेका एक पुरुष, संक्रमण देखिएको जनाएको छ ।

यो संगै सप्तरीमा शनिबार सम्ममा कोरोना सक्रिय संक्रमितको सङ्ख्या ३ सय ४४ पुगेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?