गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।


गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकास्मात राजीनामा दिएका हुन् ।












