Logo

नेपाल–खनालले पार्टी विभाजन गरे म पनि सहभागी हुन्छु स् वामदेव गौतम

                     
Logo २७ बैशाख २०७८, सोमबार १४:४१    

काठमाडौं, २७ बैसाख ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालहरुले पार्टी विभाजन गरेमा आफूहरु पनि उनीहरुसँगै नयाँ पार्टीमा सहभागी हुने घोषणा गरेका छन् ।

नेकपा एमालेमै बसेर समानान्तर गतिविधि गर्ने र कमिटीहरु बनाउने विषयमा आफू सहमत हुन नसक्ने तर पार्टी विभाजन भएमा आफू समेत नेपाल–खनालसँगै सहभागी हुने उनले बताएका छन् ।

नेकपा एमाले एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका गौतमले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ को जेठ २ गतेमा फर्किनु पर्ने बताएपछि अध्यक्ष ओली त्यो पक्षमा नरहेको बताएका छन् । २०७५ को जेठ २ गतेको अवस्थामा फर्कन नमानेकाले आफूले ओलीलाई साथ दिन नसक्ने गौतमले बताएको उनको सचिवालयले जनाएको छ । नयाँ पेजबाट


लोकप्रिय छुटाउनुभयो कि ?