Logo

यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित

                     
Logo २७ बैशाख २०७८, सोमबार १२:४०    

काठमाडौं ।

यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (सोमबार) बिहान बसेको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

एसईईको परीक्षा १३ जेठदेखि र १२ को परीक्षा २६ जेठदेखि तोकिएको थियो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ५ लाख १७ हजार विद्यार्थी एसईई दिने तयारीमा छन् । त्यस्तै करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षा दिने तयारीमा रहेकको बोर्डले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?