Logo

२४ घण्टा प्रदेश २ मा तीन सङ्क्रमितको निधन

                     
Logo २६ बैशाख २०७८, आईतवार २०:४१    

जनकपुर ।

प्रदेश २ मा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट जनकपुरका दुई र पर्साका एक जनाको मृत्यु भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका १७ बेलाकी ४२ वर्षीया महिला, जनकपुरकै ६५ वर्षीय पुरुष र पर्साको वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

अस्पतालका प्रवक्ता मनिष पाण्डेका अनुसार जनकपुरकी ४२ वर्षीया महिलाको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो भने जनकपुरकै ६५ वर्षीय पुरुषलाई भेन्टिलेरमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको प्रवक्ता पाण्डेले बताए ।

वीरगञ्जका पुरुषको अस्पतालमा अक्सिजन लगाएर उपचार गर्ने क्रममा मृत्यु भएको डा. पाण्डेयले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?