काठमाडौं, २७ बैशाख ।


गत २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यु भएको हो। यस दिन ९ हजार २ सय ७१ संक्रमित थपिएका हुन्। यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ८ सय ५९ पुगेको छ ।
त्यस्तै थप चार हजार ७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म तीन लाख ६ हजार सात सय ९४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ९३ हजार १ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा र ४२७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २६ लाख ५२ हजार १३० वटा पिसिआर परिक्षण गरिएको छ ।













