Logo

सप्तरीमा ट्रकले ठक्कर दिँदा एक दम्पतीको मृत्यु

                     
Logo २८ बैशाख २०७८, मंगलवार १३:२९    

कञ्चनरुप ।

सप्तरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका– १ स्थित पोर्ताहा सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ ।

बरमझियातर्फ साइकलमा गइरहेका हनुमाननगर कंकालिनी नगरपालिका–३ भलुवानिवासी ४५ वर्षीय सत्यनारायण मंण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जाएको छ।

ना.६ख ३८६१ नम्बरको मालबाहक ट्रकले मंगलबार बिहान ६ः२० बजे ठक्कर दिँदा मण्डल पति–पत्नीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहका अनुसार ट्रक अनियन्त्रित भई आफ्नो साइड छाडेर अर्कोतिर गएर साइकललाई ठक्कर दिएको हुन सक्ने अनुमान छ ।

मृतक दम्पतीको शवलाई परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी भइरहेको र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?