Logo

आज मुस्लिम धर्मावलम्बीले रमजान पर्व मनाउँदै

                     
Logo ३१ बैशाख २०७८, शुक्रबार ०९:५९    

कञ्चनरुप ।

बैशाख ३१ ।

आज मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान हर्षोल्लासका साथ मनाईदै इद मुवारक अर्थात शुभकामना आदन प्रदान गर्ने गरिन्छ ।

मुस्लिम धर्मावलम्बीहरुले एक महिनाको कठोर उपवासपछि आजको दिन अल्लाहको प्रार्थना गरेर रमजान मनाउँछन् । अरबी पात्रोअनुसार हरेक वर्षको नवौँ महिनामा एक महिनासम्म रोजा (व्रत) बसेर दशौँ महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ ।, जसलाई इद–उल–फित्र पनि भन्ने गरिन्छ । आजको दिनलाई मुस्लिम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने गर्दछन् ।इद पर्वमा मुसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेहवाइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।इदको अवसरमा प्रदेश सरकाले आज सार्वजनिक विदा समेत दिएको छ ।

इद पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देशमार्फत आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

इदको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने बताएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?