Logo

कञ्चनरुपमा कोरोनाबाट थप दुई सहित सप्तरीमा थप ४ जनाको मृत्यु

                     
Logo २ जेष्ठ २०७८, आईतवार १६:१३    

कञ्चनरुप ।

कञ्चनरुपमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।

कञ्चनरुप स्वास्थ्य शाखाको अनुसार कोरोना संक्रमणबाट कञ्चनरुप नगरपालिका–८का एक३२ पुरुष र वडा नम्बर ९का ६७ बर्षका पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाए अनुसार राजविराज र सप्तकोसी नगरपालिकाका एक–एक गरी चार जनाको मृत्यु भएको हो ।

संक्रमितमध्ये एकजनाको नोबेल अस्पतालमा र अर्काको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

सप्तरीमा पछिल्लो ४ जनाको मृत्यु समेत गरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?