Logo

राजविराजमा निःशुल्क भोजनको सुरुवात

                     
Logo ४ जेष्ठ २०७८, मंगलवार १५:२३    

अम्विका दहाल

राजविराज ।

दोश्रो लहरको कोरोनाको प्रभावले आक्रान्त भईरहेको वेला सप्तरीको राजविराजमा निःशुल्क खान बितरण थालिएको छ ।

सप्तरी उद्योग वाणिज्य संघ, राजविराज तथा लायन्स क्लव अफ राजविराज सिटीको सन्युक्क्त आयोजनामा आजदेखि निःशुल्क खान बितरण सुरु गरेको हो ।

राजविराज तथा लायन्स क्लव अफ राजविराज सिटीका अध्यक्ष अरूण कुमार प्रधानको नेतृत्वमा निःशुल्क भोजन वितरण कार्यक्रमकमा जिल्ला प्रशासन कार्यालयका प्रमुख फडिन्द्रमणि पोखेरल , राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव , शशत्र प्रहरी बल ,सिमा सुरक्षा कार्यालयका एस. पि. र उधोग बाणिज्य सङका विभिन्न पधादिकारिको उपस्थिती थियो ।

त्यस्तै सप्तरी उद्योग वाणिज्य संघका कार्यालय सचिव तथा लायन्स क्लव अफ राजविराज सिटीका सचिव ललित कुमार झा र संघका पूर्व सचिव बैजनाथ जोशीको समेत सहभागितारहेको थियो ।मजदुर ,व्यापारी , अस्पतालका बिमारी कुरुवा , बालबालिका लगाएत १२५ जनाले खाना खाएको सङका सचीव ललित झाले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?