कञ्चनरुप ।


जन प्रतिनिधिको शोकमा सप्तरीका १८ वटै स्थानिय बुधवार तह बन्द रहने भएका छन ,
सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको निधन भएको शोकमा बुधबार जिल्लाभरिका सबै स्थानीय तहका शाखारउप शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो । उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान निदन भए पछि पालिका प्रमुखहरुको मंगलबार बसेको बैठकले सपतरीका १८ वटै स्थानिय तह शोक मनाउदै बन्द गर्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए । उपमेयरचौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।













