Logo

कञ्चनरुपमा पोखरीमा डुवेर दुई किशोरीको मृत्यु

                     
Logo ५ जेष्ठ २०७८, बुधबार १९:०३    

कञ्चनरुप ।

कञ्चनरुपमा बुधबार पोखरीमा नुहाउने क्रममा डुवेर दुई किशोरीको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका–९ को एक स्थानिय पखरीमा नुहाउने सोहि क्रममा सहि वडाका रामकिसुन सरदारकी २० बर्षिया छोरी कुन्ती सरदार र इन्दल सरदारकी १३ वर्ष की छोरी रोशनी सरदारको पोखरीमा डुब्बेर मृत्यु भएको हो ।

तत्काल किशोरीलाई पोखरीबाट निकालेर स्थानिय धर्मेश्वर हस्पिटलमा उपचारका लागि लगीएको थियो । दुवै शिहोरीको मृत्य भइसकेकोले भर्ना लिएको बतार्एको छ। इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहका अनुसार दुवै जनाको शव पोष्टमार्टनका लागि राजविराज स्थित गजेन्द्र नारायणसिंह अञ्चल अस्पतालमा पठाइएको बताए ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?