काठमाडौं ।


कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ले बुधबार जारी गरेको प्रेस ब्रिफिङमा पिसिआर परीक्षणबाट ८ हजार ६४ र एन्टिजेन परीक्षणबाट १०९ गरी कूल ८ हजार १७३ जनामा कोरोना सङ्क्रमण भएको बताएको छ ।

आज ठूलो संख्यामा कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार आज ७ हजार ९८९ जना सङ्क्रमणमुक्त भएका हुन् ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार १७३ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् ।
२ सय ४६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।












