कञ्चनरुप ।


नागरिक्ता सम्बन्धी ल्याएको अध्यादेशलाई नागरिक समाजका अगुवाहरुले राजविराजमा मैनवती प्रज्वलन गर्दे स्वागत गरेका छन भने जनकपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरिएका छन।
सप्तरी सदरमुकाम राजविराजमा मैनवती प्रज्वलन गरी अध्यादेशलाई राष्ट्रिय एकता अभियान नामक संस्थाले स्वागत गरेको छ ।संस्थाको केन्द्रीय उपाध्यक्ष सुनिता साहको अगुवाईमा नागरिक समाजका अगुवहरुले राजविराज स्थित गजेन्द्र चोकमा मैनवती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरिएको छ । राष्ट्रपतिद्वारा जारी गरिएकको नागरिता अध्यादेशवाट जन्मसिद्ध नेपाली नागरिकका संतानले अब देखी नागरिता पाउने भएका छन ।

यस्तै आइतबार जनकपुरधामको शिव चोकमा राष्ट्रपति र प्रधानमन्त्री को पुतला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र र जसपा नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदम विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।
राष्ट्रपति जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै आफूखुसी अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा धकेल्ने कु चेष्टा गरेकोले त्यसको विरोधमा पुतला दहन गरिएको माओवादी केन्द्र धनुषाका सचिव दिपक यादवले बताए । उनले तत्काल प्रतिगामी कदम सच्याउनका लागि माग समेत गरे ।












