Logo

एम्बुलेन्समा १ सय केजी गाँजा बरामद दुई जना पक्राउ

                     
Logo ११ जेष्ठ २०७८, मंगलवार १३:४९    

धरान, जेठ,११ गते।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको एक एम्बुलेन्सबाट एक सय किलो गाँजासहित दुईजनालाई पक्राउ परेका छन ।

सुनसरीको धरान उपमहानगरपालिका–२ रत्नरोडबाट प्रहरीले गाँजासहित एम्बुलेन्स चालक धरान–१५ का ३६ बर्षीय बलबहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान–११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार साँझ अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा गाँजा बरामद गरेको हो । एम्बुलेन्सको पछाडी राखिएको २५र२५ किलोको ४ वटा झोलामा एकसय किलो गाँजा बरामद गरेको जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?