विराटनगर, ११ जेठ


विराटनगरमा मंगलबार दिउँसो एक महिलाको शव मृत अवस्थामा फेला परेको छ । विराटनगर–३ घर भएकी ४३ वर्षिय सुमित्रा खतिवडाको मृत अवस्थामा शव फेला परेको हो ।
बुढीगंगा गाउँपालिका–१ पुल मुनि अर्को पुल निर्माण गर्न पिलर गाड्नका लागि खनिएको खाल्डोमा जमेको पानीमा उनको शव तैरिएको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक महिलाले पानीको दहको डिलमा औषधी र मोबाइल छाडेकोले प्रारम्भीक अनुसन्धानका क्रममा उनले हामफालेर आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । प्रहरीले शव निकालेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
उनी स्थनीय शिवालय मन्दीरमा पुजारी रहेका श्रीमान्सँगै रहेकी थिइन् । साथै दहको डिलमा भेटिएको औषधी डिप्रेसन कम गर्ने औषधी भएको जनाइएको छ ।












