कञ्चनरुप।


नेपालमा आज ६ हजार ७सय १६ जनाले सङ्क्रमणलाई जितेका छन् ।
वितेको २४ घन्टामा ६ हजार ७सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने नयाँ सङ्क्रमितभन्दा निको हुनेको संख्या २ जनाले बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज प्रेस ब्रिफिङमा देशभरका प्रयोगशालामा १९ हजार ३० पिसिआर र ३सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमश ६ हजार ६सय ७७ र ३७ गरी कूल ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताए ।
आज कोरोनाबाट १४५ जनाले ज्यान गुमाएका छन् । बुधबारसम्म नेपालमा १ हजार ८ हजार १९८ जना होम आइसोलेसनमा बसेका छन् भने ८ हजार ४५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।












