Logo

सप्तरीमा ६९ जनामा संक्रमण पुष्टि , ४ जनाको मृत्यु

                     
Logo १२ जेष्ठ २०७८, बुधबार १८:०७    

कञ्चनरुप।

सप्तरीमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणबाट ५७ र एन्टिजेन परिक्षणबाट १२ जना गरी ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट सप्तरीका दुई महिलासहित थप ४ जनाको मत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले आज सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो संगै सप्तरीमा दोस्रो लहरको संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

मृत्यु हुनेमा तिरहुत गाउँपालिका ७० वर्षीया महिला र रुपनी गाउँपालिका २ की ५५ तथा सुरुङ्गा नगरपालिका ९ का ३५ र सोही नगरपालिका ३ का ७५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

यसैगरी संक्रण हुनेमा खडक नगरपालिकामा ३३ जना , कञ्चनरुप नगरपालिकामा १७, राजविराजमा ७, बोदे बरसाइनमा ४, डाकनेश्वरीमा २, शम्भुनाथमा २, सुरुङ्गामा २, अग्नीसाइकर कृष्णासवरणमा १ र तिरहुतमा १ जनामा संक्रमण देखिएको निमित्त प्रमुख यादवले बताए ।

हाल सम्म जिल्लमा संक्रमितमध्ये ३५८ जना निको भएका छन्‌ भने १ हजार १ सय ७७ जना सक्रिय संक्रमित रहेका निमित्त प्रमुख यादवले बताए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?