Logo

सप्तरीमा थप कडाइ : एक हप्ता सम्म पुरानै निर्णयलाई निरन्तरता दिने

                     
Logo १२ जेष्ठ २०७८, बुधबार २०:२०    

कञ्चनरुप ।

आज १२ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका शहरी क्षेत्रमा गत वैशाख २५ गते मध्य रातिदेखि अनिश्चितकालका लागि जारी निषेधाज्ञा एक हप्ता सम्म पुरानै निर्णयलाई निरन्तरता दिने भएको छ ।

गत वैशाख २३ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका शहरी क्षेत्रमा गत वैशाख २५ गते मध्य रातिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।

यसै गरी गत सोमजार देखी जिल्ला प्रशासन सप्तरीले खाद्यान्न सामग्री खरिदविक्री गर्न समस्या भइरहेको गुनासोलाई मध्यनजर दृटिगत गर्दे जिल्ला भरी खाद्यान्न पसलहरु २ घण्टा अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु सटरबाट मात्रै विक्री हुने साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिनेएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?