Logo

सुदूरपश्चिमका प्रथम प्रदेशका प्रमुख मल्लको निधन

                     
Logo १३ जेष्ठ २०७८, बिहीबार ०९:४१    

काठमाडौँ ।

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको छ ।

चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका मल्ल लामो समयदेखि निमोनियाको उपचारमा थिए ।

मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेकाथिए । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भई कार्यकाल समलेका थिए । मल्लका एक छोरा र एक छोरी छन ।


लोकप्रिय छुटाउनुभयो कि ?