Logo

गत शुक्रवारबाट बेपत्ता १३ वर्षीय बालक अझै भेटिएनन्

                     
Logo १३ जेष्ठ २०७८, बिहीबार १२:२७    

राजविराज ।

गत हप्ता देखी हराइरहेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ११ सखुवाका १३ बर्षिय एक बालक अझै फेला परेका छैन्न।

गत शुक्रवार बिहान ८ बजे तिर घरबाट वेपत्ता भएका हनुमाननगर कंकालनी नगरपालिका ११ सखुवाका १३ बर्षिय रवि यादव जिल्लका विभिन्न ठाउँ नातागोता आफ्न्त लगायतका ठाउँहरुमा खोज तलास गर्दा समेत फेला पर्न सकेका छैन्न् ।

रविको खोजी गर्दै जाँदा भगवानपुरबाट एक अधबैसे पुरुषले आफ्नो नाति भन्दै बिस्कुट किनिदिएर लगेको स्थानीयले वालकका बुवा जयनारायण बताएका छन ।

बाबु जयनारायणका अनुसार ‘मामाघर ,आफन्त कहाँ चिने जाने काँहा धेरै खोज्यौँ, कतै पत्तो लाग्न सकेको छैन । मामाघर बभनगामाकट्टीका लागि हिँडेको र बाटोबाटै कसैले फकाएर चोरी गरेर लगेको हुनसक्ने जयनारायणको आशंका ब्यक्त गरे तर पारिवारिक र जानसक्ने स्थानहरूमा सोधखोज गर्दा पनि फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी गरेको उनले बताए ।

यता बेपता बालको खोजी कार्य भइरहे पनि कुनै सुराक पाउन नसकेको इप्रका हनुमाननगरका प्रहरी सहायक निरीक्षक सञ्जय न्यौपानेले बताए ।

बाबु जयनारायण गोजीबाट पैसा निकालेपछि छोरा रविलाई गाली गरेका थिए । त्यसपछि रिसाएर रवि शुक्रबार बिहान घरबाट निस्किएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?