Logo

राजविराजमा निःशुल्क खान वितरणको दोस्रो साता :१ हजार ७ सय २९जनाले खाना खाए

                     
Logo १३ जेष्ठ २०७८, बिहीबार १७:५१    

अम्विका दहाल

राजविराज ।

कोरोनाको दोश्रो लहरको प्रभाव तथा निषेधआज्ञाका कारण एक छाक खान नपाएको वेलामा सप्तरीको राजविराजमा संयुक्तरुपमा निःशुल्क खान वितरणको दोश्रो साता पनि निरन्तर १ हजार ७ सय २९जनाले खाना खाएका छन ।

निःशुल्क खान खुवाउने अभियानको नेतृत्व समालेका अध्यक्ष अरूण कुमार प्रधानको अनुसार खाना खान जोककेही पनि आउन सक्नु हुन्छ हामीले यो त्यो भनेर छुट्याका छैनौ र खासमा अस्पतालका विरामी तथा विरामी कुरुवा आफान्त अगायतले खाना खानु भएको छ । जबसम्म निशेधआज्ञा रहन्छ तवसम्म खाना खुवाईन्छ साथै यसमा स्थानिय ब्यापारी समाज सेवी लगाउत परोपकार भावना राख्नेले सहयोग गरि रहको प्रधानले बताए ।

सप्तरी उद्योग वाणिज्य संघ, राजविराज तथा लायन्स क्लव अफ राजविराज सिटीको सन्युक्क्त आयोजनामा गत जेष्ठ ४ गते देखी निःशुल्क खान बितरण सुरु गरेको हो ।

निःशुल्क खाना वितरणमा जेष्ठ ४ आज सम्म १ हजार ७ सय २९ जनाले खाना खाए जसमा सुरु दिन १२५ जान दोस्रो दिन २२५, तेश्रो दिन २०० क्रमस २००,२२०,२१५,१५५,११७,११२,१६० जनाले खाना खाएको राजविराज सिटीका सचिव ललित झा बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?