काठमाडौं, १३ जेठ ।


नेपालमा पछिल्लो २४ घण्टामा थप ७हजार२ सय२६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ६,७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार ४७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।












