Logo

नेपालमा वितेको २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमण मुक्त

                     
Logo १५ जेष्ठ २०७८, शनिबार १९:२७    

नेपालमा वितेको २४ घण्टामा आज ६ हजार ८० जना सङ्क्रमणमुक्त भएका छन् ।

शनिबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ जसमध्ये ४ लाख ३४ हजार ७६० जनाले सङ्क्रमणलाई जितेर निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभरका प्रयोगशालामा १४ हजार ६ जनाको पिसिआर र ७४६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमश ४ हजार ३११ र १७६ गरी कूल ४ हजार ४८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

थप ११६ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?