Logo

कर्मचारीको तलब २ हजार बढ्यो, वृद्धभत्ता अब मासिक ४ हजार

                     
Logo १५ जेष्ठ २०७८, शनिबार १९:५८    

काठमाडौं,  ।

सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजारले बढाइएको घोषणा गरेका हुन् ।

उनले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताए । यो तलबमान आगामी साउन १ गतेबाट लागू हुनेछ ।

अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धिगरी ४ हजार पुर्‍याएको जानकारी दिएका हुन् । २०५१मा सुरु गरिएको उमेर हद ७५ वर्षबाट क्रमशः ७०, ६५ हुँदै ६० वर्षसम्म आइपुगेको छ । शुरूमा वृद्धभत्ता पाउने उमेर ७५ तोकिएको थियो ।करिब २१ बर्षपछि सरकारले वृद्धभत्ता ४ हजार पुर्‍याएको छ।

तत्कालीन मनमोहन अधिकारी नेतृत्वको एकल कम्युनिस्ट नेतृत्वको पहिलो सरकारले सुरु गरेको वृद्धभत्ता अब मासिक चार हजार पुगेको छ । एमाले सरकारका तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१ ५२ को बजेट भाषणमा पहिलोपटक नेपालमा वृद्धभत्ताको नीति सुरु गरेका थिए ।

शुरूमा वृद्धभत्ता पाउने उमेर ७५ तोकिएको थियो भने मासिक भत्ता जम्मा एक सय रुपैयाँ पाउने व्यवस्था सुरु गरिएको थियो । सुरुमा नेपाली कांग्रेसल यो भत्ताको बिरोध गरेपनि आर्थिक वर्ष २०५६र५७ कांग्रेसको सरकारले १०० रुपैयाँको वृद्धभत्तालाई १५० रुपैयाँ पुर्‍याएको थियो। तत्कालीन अर्थमन्त्री महेश आचार्यले वृद्धभत्ता बढाएका थिए।

फेरि ०६१र०६२ मा भरतमोहन अधिकारी अर्थमन्त्री भएको बेला १७५ पुगेको थियो । २०६२र६३ को जनआन्दोलनपछि २०६४ भएको आम निर्वाचनपछि पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारकाअर्थमन्त्री डा। बाबुराम भट्टराईले वृद्धभत्तालाई १७५ रुपैयाँबाट एकैपटक ५ सय रुपैयाँ पुर्‍याएका थिए ।

२०७२ सालमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले ५ सय रुपैयाँबाट १००० रुपैयाँ पुर्‍याएको थियो। अर्थमन्त्री डा। रामशरण महत थिए । यसअघि अघिल्लो आर्थिक वर्ष २०७६र०७७ को बजेटबाट डा। युवराज खतिवडाले एक हजारले बढाएर मासिक तीन हजार बनाएका थिए। यस्तै, विष्णु पौडेलले पनि आव २०७४र७५ को आफ्नो पहिलो बजेटबाट यो भत्ता एक हजार रुपैयाँले नै बढाएर मासिक दुई हजार पुर्‍याएका थिए।


लोकप्रिय छुटाउनुभयो कि ?