कञ्चनरुप ।


दोस्रो लहरका कोरोनाको कहर पछि स्थानिय स्तरमा निषेधज्ञाका जारी भएका बन्दा बन्दीका मारमा परेका अति विपन्नलाई हातमुख जोर्न समस्यामा परेका कञ्चनरुप नगरपालिकाका विभिन्न वडाका एक सय मुसहर परिवारलाई स्टोरीज अफ नेपाल समुुदायले राहत वितरण गरिएको छ ।
सप्तरीको कञ्चनरुप ८ का स्टोरीज अफ नेपाल समुदायको सहयोग र दलित सरोकार मञ्च नेपालको समन्वयमा कञ्चनरुप नगरपालिका–५को पिप्रा,रामपुर पथरी टोल तथा वडा नं.४ बकालमा उक्त समुुदायलाई शनिबार राहत वितरण गरिएको हो ।

उक्त समुुदायलाई वितरित राहतमा चामल २५ केजी ,दाल ३ केजी ,तेल २ लिटर, मरही ३ केजी ,प्याज २ केजी र व्यक्तिगत सुरक्षा र सरसफाईका लागि ५० पिस माक्स हात धुने सावन ६ ओटा , कपडा धुने सावन ६ वटा , स्यान्ट्री प्याड २ पकेट र फिनेल एक लिटर वितरण गरिएको दलित सरोकार मञ्चले जनाएको छ ।
यस्तै कञ्चनरुपमा स्वतन्त्र रुपमा केहि युवाहरुले पनि संगठित भै हसाय गरिव तथा अति विपन्न परिवारलाई राहत स्वरुप दात चामल लगायत अति अवस्यक समाग्री प्रदान गर्दे गरेको नेतृत्व सममालेका युवा रोशन राज ठाकुरले बतए ।












