Logo

देशभरीमा कोरोना संक्रमणबाट निको हुनेको संख्यामा बृद्धि हुदै

                     
Logo १६ जेष्ठ २०७८, आईतवार १९:३६    

कञ्चनरुप ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार २ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन ३ हजार ७ सय २ जना र एन्टीजेटमाफर्त ६ सय ६६ जना गरी जम्मा ४ हजार ३ सय ६८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। देशभर एक लाख ८ हजार ८९७ जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?