Logo

सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

                     
Logo १६ जेष्ठ २०७८, आईतवार १९:२६    

कञ्चनरुप ।

जन स्वास्थ्य कार्यालय सप्तरीले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार जिल्लाकमा कोरोना संक्रमणबाट आज थप आठ जनाको मृत्यु भएको हो ।

संक्रमणबाट मृत्यु हुनेमा तीन महिला सहित आठ जनाको मृत्यु भएको जन स्वास्थ्य कार्यालय उल्लेख लगरेको छ । जसमा राजविराज नगरपालिका १ का ५२ वर्षीया पुरुष, वडा नम्वर २ का ५८ वर्षीया महिला र ७ का ६८ वर्षीया महिला , सप्तकोशी ३ की ७५ वर्षीया महिला र सप्तकोशी ९ का ७९ वर्षीय पुरुष

कञ्चनरुप १ का ४५ वर्षीय पुरुष सुरुङ्गा २ का ५२ वर्षीय पुरुष र हनुमाननगर कँकालिनी नगरपालिकाका १ का २२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको जन स्वास्थ्य कार्यालय सप्तरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु मृत्यु हुनेको संख्या ८० पुगेको स्वास्थ्य कार्यालपले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?