नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हातमा शैक्षिक प्रमाणपत्र लिएर बैंक जाँदैमा २५ लाख रुपैयाँ ऋण नपाइने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेकको भर्चुअल कार्यक्रममा उनले सरकारले बजेटमा व्यवथ्था गरेको शैक्षिक प्रमाणपत्र धितो कर्जा सहजै नपाइने धारणा राखेका हुन् ।


उनले कार्यक्रममा भने,‘ शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम अलि रिक्स नै हो, बैंकहरुले पनि हरेक पक्षलाई नियालेर मात्रै कर्जा दिन्छन्, कसैले हातमा प्रमाण पत्र लिएर मलाई २५ लाख रुपैयाँ ऋण चाहियो भनेर बैंक जाँदैमा ऋण पाइँदैन, बैंकहरुले पनि त्यसका लागि गर्न चाहेको व्यवसाय, त्यसको प्रकृति हेरेर मात्रै कर्जा उपलब्ध गराउँछन्, यसको बारेमा हामी बैंक वित्तीय संस्थाहरुसँग बसेर कसरी अगाडि बढ्न सकिन्छ छलफल गरिरहेका छौं ।’
यस्तै, उनले बैंक तथा वित्तीय संस्थाहरुले यो कर्जा प्रवाह गर्नमा धेरै रिक्स ९जोखिम० देखेको बताएका छन् । ‘कार्यक्रम सुन्दा लोकप्रिय छ, यो कार्यक्रम कार्यानवयनमा केही चुनौति अवश्य नै छ, बैंकहरुले लोन रिकभरीमा रिस्क देखेरै कार्यान्वयनमा समस्या देखाइरहेका छन्, तर हामी उनीहरुसँग छलफलमा छौं, कसरी व्यवस्थापन गर्न सकिन्छ लागि रहेका छौं,’ उनले भने ।

उनले यो स्कीमबाट हुने रिक्सलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर छलफल भइरहेको बताए । सोही अनुसार प्रावधान बनाएर काम सुरु गर्ने उनको भनाइ छ । यसका लागि राष्ट्र बैंकले २ वटा टाक्सफोर्स बनाएर काम गरिरहेको पनि उनले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट मार्फत कुनै उद्यम तथा व्यवसाय गर्न चाहनेका लागि शैक्षिक प्रमाणपत्र बैंकमा धितो राखेर २५ लाख रुपैयाँसम्म सहुलियत व्याजदरमा ऋण पाइने कार्यक्रम ल्याएको थियो । यो कार्यक्रम चालुको आवका लागि पनि आएको थियो तर कर्जाको भोलुम ठ लाख मात्रै थियो ।
आगामी आवका लागि बढाएर २५ लाख रुपैयाँ पुर्याइएको हो । यो कार्यान्वयन अर्थात आम विद्यार्थीहरुले सहजै पाउन भने निकै गाह्रो देखिन्छ । यो कर्जाको सुविधा पाउनको लागि कुनै व्यवसायिक योजना हुन आवश्यक छ । विकास न्युज












