काठमाडौं


पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भए सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ६ हजार १ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९२ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९९० पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५ हजार ९ सय १ जनाको एन्टीजेन परीक्षण विधिबाट कोभिड–१९ को संक्रमण जाँच भएको छ ।












