Logo

जङ्गली च्याउ खाँदा इलाममा दुईको मृत्यु

                     
Logo २५ जेष्ठ २०७८, मंगलवार १८:४३    

विराटनगर।

इलाममा जंगली च्याउ खाँदा इलाममा दुई जनाको ज्यान गएको छ । जेठ २२ गते राति सन्दकपुर गाउँपालिका–१ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको जंगली च्याउको तरकारी खाँदा मृत्यु भएको हो ।

बीरमान राई र उनकी श्रीमती ३२ वर्षीया बिष्णुकुमारी राईको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको इलामका डीएसपी लालधव्ज सुवेदीले जानकारी दिएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

जेठ २२ गते राति बीरमान राईको घरमा उनीहरुले च्याउ पकाएर खाएका थिए । च्याउ खाए लगतै उनीहरु विरामी परेपछि चारै जनालाई जिल्ला अस्पताल इलाम लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बीएण्डसी अस्पताल झापा रेफर गरिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?