काठमाडौं ।


नेपालमा कोरोना संक्रमणबाट निको हुनेदर ८५ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६८ जना कोरोना संक्रमणमुक्त भए सगै हालसम्म ५ लाख १० हजार २९८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६८ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा संक्रमित निको हुने दर ८५.२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख १० हजार २ सय ९८ जना संक्रमित निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५ सय ६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४ चार ४९ जना र एन्टीजेटमार्फत ८ सय ९५ जना संक्रमित पुष्टि भएका हुन् ।
नेपालमा हालसम्म ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिएका छन् । देशभर आज ८० हजार ३ सय ३६ सक्रिय संक्रमित मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार १ सय ७९ जना संक्रमितको मृत्यु भएको छ ।












