Logo

कांग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालय दिएर प्रदेश २ मा मन्त्रिपरिषद विस्तार हुँदै, सपथ आज साँझ साढे ७ बजे हुने

                     
Logo २६ जेष्ठ २०७८, बुधबार १९:०२    

प्रदेश दुई सरकारमा नेपाली कांग्रेसलाई ३ र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। थपिएका मन्त्रीको सपथ आज साँझ साढे ७ बजे हुने भएको छ।

काँग्रेसलाई दिइने मन्त्रालय टुंगो लागेको र केहीबेरमा काँग्रेसबाट सहभागी हुने मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको आन्तरिक मामिला तथा कानून मन्‍त्री ज्ञानेन्द्र यादवले केटिएम दैनिकलाई जानकारी दिएका छन् ।

बुधबार साँझ साढे ७ बजे प्रदेश प्रमुख राजेश झाले काँग्रेसका नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउँदै छन् । जसपाका उपेन्द्र यादव र राउत समूहले सरकारबाट ठाकुर–महतो समूहका चार मन्त्री पदमुक्त गरेपछि काँग्रेसलाई सहभागी गराइएको हो ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसको तर्फबाट कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालय दिने सहमति भएको हो।

यस्तै माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने विषयमा छलफल जारी रहेको छ।माओवादी केन्द्रबाट सरकारमा भरतप्रसाद साह र जगत यादव सहभागी हुँदैछन्।


लोकप्रिय छुटाउनुभयो कि ?